२१ जेठ २०८३, बिहीबार

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संखया ३९ पुग्यो

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको संखया ३९ पुग्यो
फोटो : NewIndianExpress

थिरुवनन्तपुरम, (केरला) – भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । 

यस बाढी पहिरोको कारण करीब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताए ।

उनले उद्धार र पुनर्स्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताए ।

गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा.रु. १०० करोड उपलब्ध गराउने घोषणा गरेका छन् ।

वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ ।

बाढीका कारण हजारौं व्यक्ति घरवारविहीन भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्