०२ असार २०८३, मंगलबार

अमेरिकामा विदेशी विद्यार्थीलाई कडाइ, स्टुडेन्ट स्टेटस उल्लंघन गरेकै दिन गैरकानूनी ठहरिइने

अमेरिकामा विदेशी विद्यार्थीलाई कडाइ, स्टुडेन्ट स्टेटस उल्लंघन गरेकै दिन गैरकानूनी ठहरिइने

काठमाडौं – अमेरिकाले अन्य देशबाट आएका विद्यार्थीका लागि नीति कडा बनाएको छ । अब स्टुडेन्ट स्टेटस उल्लंघन गरेको भोलिपल्टैबाट विद्यार्थी र उनको परिवार अमेरिकामा अवैध ठहरिनेछन्, उनीहरूको भिसा अवधि नसकिएको भएपनि । 

नयाँ व्यवस्था बिहीवारदेखि लागू भएका छन् । 

यसअघि जुन दिन दोष साबित हुन्थ्यो वा आप्रवासी मुद्दामा न्यायाधीशले आदेश जारी गर्थे, त्यो दिनदेखि अमेरिकामा बसेको अवैध ठहरिन्थ्यो । 

नयाँ नियमअनुसार, अमेरिकामा १८० दिनसम्म अनधिकृत रूपमा बस्ने विद्यार्थीलाई निकालिएपछि फेरि अमेरिका आउन १० वर्ष रोक लगाइनेछ । 

कुनै विद्यार्थीले कलेजमा पूरा समय नदिएमा स्टुडेन्ट स्टेटसको नियम उल्लंघन गरेको ठहरिनेछ । पढाइ सकिएपछि पाइने ग्रेस पिरियडभन्दा बढी अमेरिकामा बस्दा वा अनधिकृत रूपमा जागिर खाँदा पनि कारवाही भोग्नुपर्छ ।

अमेरिकामा पढ्न गएका विद्यार्थी उतै लुक्न थालेपछि सरकारले कडा कदम चाल्न थालेको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्