३१ जेठ २०८३, आइतबार

हात नभएका यी व्यक्तिले मज्जाले काटिदिन्छन् कपाल (भिडियो)

हात नभएका यी व्यक्तिले मज्जाले काटिदिन्छन् कपाल (भिडियो)

काठमाडौं – जिन्दगी भनेकै संघर्षको शृंखला हो । हामीमध्ये धेरैजना जिन्दगीमा आउने ससाना समस्याबाट आत्तिन्छौं । तर यहाँ हामी यस्तो व्यक्तिको चर्चा गर्दैछौं जसले आफ्नो कमजोरीलाई तागत बनाएर असम्भवलाई सम्भव बनाएका छन् । 

यो आश्चर्यजनक कथा हो अर्जेन्टिनाका २० वर्षीय गेब्रिएल हेरेडियाको । गेब्रिएलको जन्मँदादेखि नै दुवै हात थिएनन् । तर उनले जिन्दगीको यो बाधालाई पन्छाउँदै हेयरड्रेसर (हजाम) बन्ने पहल गरे । 

परिवार, साथी र विद्यालयले गेब्रिएललाई कहिले पनि भेदभाव अनुभव हुन दिएनन् । 

गेब्रिएलले भने, ‘म आफैं पानी लिएर पिउन सक्छु । म बाइक र कार चलाउन पनि सक्छु । अनि मलाई १४ वर्षकै उमेरमा हजाम बन्न मेरी आमाले प्रेरित गर्नुभएको हो । उहाँ आफैं पनि हजाम हुनुहुन्छ ।’

गेब्रिएलले कपाल काट्ने काम सोखका रूमा गरेका थिए । पछि उनले बिस्तारै दाह्री, कपाल काट्ने सबै प्रविधि सिके अनि त्यसैलाई पेशा बनाउने फैसला लिए । 

केही समयपछि नै उनी परिवारको सहायतामा सैलून खोल्न सफल भए । उनी अहिले हजाम काममा रुचि भएका मानिसलाई सिकाउने काम गर्छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्