०४ साउन २०८३, सोमबार

सरकारलाई सर्वोच्चको आदेश – ४८ घण्टाभित्र प्रकाण्डलाई अदालतमा उपस्थित गराउनू

सरकारलाई सर्वोच्चको आदेश – ४८ घण्टाभित्र प्रकाण्डलाई अदालतमा उपस्थित गराउनू

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई पक्राउ गर्नुको कारणबारे लिखित जवाफसहित उपस्थित हुन र निजलाई पनि अदालतमा हाजिर गराउन सरकारलाई आदेश दिएको छ ।

प्रकाण्डलाई रिहा गर्न मागसहित नरेन्द्रबहादुर सिंह विश्वकर्माले दायर गरेको रिटमाथि सोमवार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले ४८ घण्टाभित्र प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । निजलाई के कति कारणले पक्राउ गर्नुपरेको हो भन्ने विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारलाई सर्वोच्चको आदेश छ ।

अवैध रूपमा चन्दा संकलन गरेको आरोपमा प्रकाण्डलाई प्रहरीले केही दिनअघि काठमाडौंबाटै पक्राउ गरेको थियो । उनको साथबाट चन्दा संकलन गरेको रसिद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्