०२ असार २०८३, मंगलबार

राप्रपा अध्यक्षमा कमल थापा र डा. लोहनीको भीडन्त

कात्तिक २०, २०७४
राप्रपा अध्यक्षमा कमल थापा र डा. लोहनीको भीडन्त


काठमाडौँ, ८ फागुन– शुक्रबारदेखि जारी राप्रपाको महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
नेतृत्वको लागि अध्यक्ष कमल थापा र नेता डा. प्रकाशचन्द्र लोहनीले दाबेदारी प्रस्तुत गरेका छन् । नेताहरुका अनुसार आज सहमतिमा नेतृत्व चयनको लागि अन्तिम समयसम्म प्रयास गरिने छ । सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट नेतृत्व चयन हुने छ ।rpp_2
फागुन ४ गते राप्रपाका शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने सहमति भएपनि लोहनीले त्यसलाई तोड्दै आफ्नो पनि नेतृत्वमा दाबी रहेको भनि शुक्रबार पत्रकार सम्मेलनमार्फत उम्मेद्वारी घोषणा गरेका थिए ।


राप्रपामा कमल थापालाई ४३ पदाधिकारीले अध्यक्ष चयनमा सघाउने भनि विज्ञप्ति नै जारी गरिसकेकाले उनी बलियो रहेको बताइन्छ ।


पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष पदमा सर्वसम्मति जुटाउनका लागि शीर्ष नेतृत्वबाट प्रयत्न भइरहेको जानकारी दिए ।



राप्रपा स्रोतका अनुसार केन्द्रीय सदस्य पदमा आकांक्षी ५०० को हाराहारीमा रहेका छन् । केन्द्रीय सदस्यमा चर्चित कलाकार रेखा थापा, कोमल ओलीले पनि प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
निर्वाचनबाट १ सय ६३ केन्द्रीय सदस्यको ६० प्रतिशत अर्थात् ९८ सदस्यको चयन गरिने हछ । पछि ४० प्रतिशत अर्थात् ६४ सदस्य अध्यक्षबाट मनोनीत हुन्छन् । केन्द्रीय सदस्यको कम सिट र हेविवेट नेताहरु धेरै रहेका कारण निर्वाचन निकै महत्वपूर्ण रहेको छ ।



यसैबीच शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ ।

विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको सो प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार परिमार्जन गरिएपछि अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । अब १६३ केन्द्रीय सदस्यीय समिति बनाइने भएको छ ।

यसअघि एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको प्रस्ताव गरिएको थियो । १६१ केन्द्रीय सदस्यीय समितिका लागि प्रस्ताव गरिएको थियो ।


हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा पार्टीले एकता महाधिवेशनलाई केन्द्रीत गरेको छ । यो एजेण्डामा नेताहरुबीच एकमत रहेपनि चुनाव चिन्हको विषयमा भने तीब्र मतभेद रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्