०४ असार २०८३, बिहीबार

कर्मचारी नेताको दादागिरीः   उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

साउन २९, २०७५
कर्मचारी नेताको दादागिरीः   उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

काठमाडौं–देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएसँगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्सी उचालेर हान्न खोजियो ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउँसो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए ।

मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिँदै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उनले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् ।

ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला जाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्