
काठमाडौं–काठमाडौंको दक्षिण पूवी क्षेत्र गोकर्णेश्वमा शंकास्पद बस्तु फेला परेको छ ।
गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान प्रेसर कुकरमा तार बाँधेर खतरा लेखिएको वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अहिले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ । राजधानीमा विप्लवको बन्दलाई असफल पार्न प्रहरीले सुरक्षाव्यवस्था कडा पारेको भएपनि ठाउँठाउँमा बम फेला परेका छन् ।