०४ असार २०८३, बिहीबार

विप्लवको बन्दले विद्यार्थीलाई सास्ती

विप्लवको बन्दले विद्यार्थीलाई सास्ती

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण राजधानीका अधिकांश कलेजहरु बन्द भएका छन् । 

कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका छन् । 

केहि कलेजले बन्द भएको भन्दै विद्यार्थीलाई अग्रिम जानकारी गराएपनि केहिले कुनै जानकारी नगराएपछि बिहानै कलेज पुगेका विद्यार्थी नपढी फर्कन बाध्य भएका थिए । 

बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् ।

विप्लवले बन्द आह्वान गरेपनि कार्यकर्ता भने सडकमा देखिँदैनन् । 

salt training

कमेन्ट गर्नुहोस्