
काठमाडौं–मन्त्रालयहरूको हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सफ्टवेयर विकास गर्ने भएको छ ।
उक्त सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना र अन्य महत्वपूर्ण कामको अनुगमन हुनेछ । सफ्टवेयरका लागि प्राविधिक छनोटको काम भइरहेको नतिजा व्यवस्थापन महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।