१२ असार २०८३, शुक्रबार

रणवीर सिंह र दीपिका पादुकोणको विवाह निश्चित, श्रीलंकामा भइसक्यो टीकाटालो

रणवीर सिंह र दीपिका पादुकोणको विवाह निश्चित, श्रीलंकामा भइसक्यो टीकाटालो

काठमाडौं – बलिउडका शीर्ष कलाकारहरू दीपिका पादुकोण र रणवीर सिंह नोभेम्बर २० मा हुने सूत्रहरूले बताएका छन् । 

उनीहरूको टीकाटालो यसै वर्षको शुरूमा श्रीलंकामा भइसकेको खबर छ । 

बिहे इटलीको लेक कोमोमा हुने भएको छ । उनीहरूको बिहेमा नजिकका साथी र नातेदार मात्र बोलाइनेछ । बिहे गरेर फर्केपछि रणवीर र दीपिकाले भारतमा दुईवटा प्रीतिभोज राख्नेछन् । एउटा प्रीतिभोज मुम्बईमा र अर्को दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ । 

यसैबीच अभिनेता कबीर बेदीले आफ्नो ट्विटर अकाउन्टमार्फत दीपिका र रणवीरलाई बिहेको बधाई दिए । बेदीले ट्वीट गरे, ‘एकदम सुन्दर जोडी र इटलीमा एकदमै सुन्दर लोकेसन । भव्य समारोह हुनेछ । रणवीर सिंह र दीपिका पादुकोणलाई धेरै बधाई । उनीहरूलाई जिन्दगीभरि खुशी प्राप्त होस् ।



एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्