
विराटनगर – झापाको गौरदह नगरपालिका–७ मा मंगलवार बिहान बम बिस्फोट भएको छ ।
वडा अध्यक्ष बलराम खरेलका अनुसार बिहान ठूलो आवाजमा बिस्फोट भएको बम कार्यालयदेखि ५ सय मिटर मात्र टाढा रहेको थियो ।
बिस्फोटले कुनै मानवीय क्षति नभएपनि कार्यालयको झ्यालको सिसा फुटेको खरेलले जानकारी दिए । ग्वालडुब्बा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक (सई) नीलकुमार श्रेष्ठका अनुसार सो घटनामा संलग्नको खोजी कार्य तीब्र पारिएको छ ।
दमकका २ पक्राउ
दमक नगरपालिकामा २ जना विप्लव नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा माओवादीको पर्चा बाँड्दै हिँडेका २ युवालाइ पक्राउ गरिएको दमक प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा असल लिम्बु र राजु दास रहेका छन् ।