१५ असार २०८३, सोमबार

मन्त्रीहरू ओहोरदोहोर गर्ने राजधानीको व्यस्त सडकमा 'बम' फेला परेपछि... [फोटोफिचर]

साउन २९, २०७५
मन्त्रीहरू ओहोरदोहोर गर्ने राजधानीको व्यस्त सडकमा 'बम' फेला परेपछि... [फोटोफिचर]

काठमाडौं –मंगलबार मध्याह्न कुपण्डोलस्थित ज्वागल चोकमा एक्कास्सि त्रास छायो ।

व्यस्त सडकमा अपरिचित व्यक्तिले शंकास्पद् वस्तुसहितको प्रेसर कूकर छाडेर भागेपछि सडकमा गाडी गुडाइरहेका चालकमात्र होइन पैदल यात्रुमा पनि भागाभाग चल्यो ।

नजिकै गुडिरहेको बा८८प ७४६९ स्कूटर सडकमै पल्टियो । चालकलाई थोरै चोट पनि लाग्यो ।

केहीबेरमा प्रहरी पनि आइपुग्यो । तत्कालै घटनास्थलमा आवागमन रोकियो ।

केहीबेरमै नेपाली सेनाको बम डिस्पोजल टोली पनि आयो । सो शंकास्पद् वस्तुलाई निष्क्रिय पारेपछि आवागमन सुचारु भयो ।

यो मन्त्रीहरू पुल्चोकस्थित निवासबाट सिंहदरबारतर्फ जाने बाटैमा पर्छ । अधिकांश मन्त्रीहरू दिनहुँ यही बाटो हुँदै ओहोरदोहोर गर्छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका दिन आज ठाउँठाउँमा यस्ता शंकास्पद् वस्तु फेला परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्