
जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २ गते २ नम्बर प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । उक्त
प्रधानमन्त्रीको सम्बोधनको तयारी गर्नुपर्ने भएकाले साउन ३० गतेका लागि तोकिएको प्रदेश सभा बैठक स्थगित गरिएको छ । भदौ २ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने भएकाले बैठक स्थगित गरिएको प्रदेशसभा सदस्य मनिष सुमनले बताए ।
प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले साउन ३० गतेको बैठक स्थगित गरेर भदौ २ गते शनिबार बिहान ११ बजे बैठक बोलाइएको राजपाका सांसद सुमनले लोकान्तरलाई बताए । प्रधानमन्त्रीले नै सम्बोधन गर्ने हुनाले प्रदेशका सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थितिका लागि प्रदेशसभा सचिवालयले आग्रह गरेको सुमनले बताए ।
मधेश आन्दोलन भएयता ओली जनकपुरधाम आउन सकेका थिएनन् । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा ओली पनि जनकपुर आएका थिए । तर, औपचारिक रूपमा उनी आउन सकेका थिएनन् । भदौ २ गते प्रधानमन्त्री ओलीलाई प्रदेशसभाले नै स्वागत गर्नेछ ।