०१ असार २०८३, सोमबार

कृषि विकास बैंकको ऋण असुली '११० प्रतिशत'

कृषि विकास बैंकको ऋण असुली '११० प्रतिशत'

विराटनगर – कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार ऋण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ । 

मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको ऋण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले बताए ।

कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ । 

यसैगरी कोशी अञ्चलमा रु नौ अर्ब २१ करोड ९५ लाख ३८ हजार ऋण लगानी गरेकामा रु आठ अर्ब सात करोड ६२ लाख ७६ हजार असुल गरी ११६ प्रतिशत प्रगति गरेको अधिकृत मास्केले जानकारी दिए ।

कूल २३ हजार ७३० ऋणी रहेका यो बैंकको ऋण लगानी र असुली सन्तोषजनक रहेको कार्यालय प्रमुख पप्पुबाबु श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्