०२ असार २०८३, मंगलबार

स्विडेनमा आपराधिक समूहले विभिन्न शहरमा ८० कार जलाए

स्विडेनमा आपराधिक समूहले विभिन्न शहरमा ८० कार जलाए

काठमाडौं – स्विडेनमा सोमवार राति दर्जनौं कारमा आगो लगाइएको छ र प्रहरीले यसलाई सामूहिक अपराधीहरूको हर्कत बताएको छ । 

असीवटा गाडीलाई कालो लुगा लगाएर आपराधिक समूहका सदस्यले ध्वस्त पारेका थिए । उनीहरूले स्थानीय समयअनुसार राति ९ बजेदेखि ध्वंस मच्चाउन थालेका थिए । 

सबभन्दा बढी क्षति पश्चिमी शहर गोथेनबर्गमा भएको थियो तर केही घटनाहरू सय किलोमिटर पर भएको थियो । 

प्रधानमन्त्री स्टेफान लोफ्भेनले भने, ‘यो सुनियोजित अपराध हो र सैन्य कारवाही जस्तो देखिन्छ ।’

उत्तरमा ट्रोलहाटन र उत्तरमा फाल्कनबर्गमा पनि कारहरूलाई क्षति पु–याइएको थियो ।

मुकुण्डो लगाएका युवाले कारका शीशा फुटाएर प्रज्वलनशील पदार्थ फ्याँकेको स्विडिश मिडियाले जनाए । उनीहरूले प्रहरी अधिकारीलाई ढुंगा समेत हानेका छन् । 

भौतिक क्षति भएपनि कोही घाइते भएको खबर छैन । 

आप्रवासीहरूको संख्या बढ्दै गएकाले यस्तो घटना भएको आशंका गरिएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्