२५ असार २०८३, बिहीबार

हुम्लामा हेलिकप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

हुम्लामा हेलिकप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेलिप्याडमा मनाङ एयरको हेलिकप्टरको पंखाले लागेर १ जनाको मृत्यु भएको छ ।

हेलिकप्टर ल्याण्ड गर्ने क्रममा पछाडिको पंखाले लागेर भारतको महाराष्ट्रका ४२ वर्षीय नगेन्द्र कुमार कार्तिके मेहताको मत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनी मानसरोवर दर्शनका लागि जाँदै थिए । 

सुनिकोटबाट नाम्खामा ओर्लंदा उनको मृत्यु भएको हो । हेलिकप्टरलाई मानसरोवर जाने पर्यटकले प्रयोग गरिरहेका थिए । हेलिकप्टरको पछिल्लो भागमा पनि क्षति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्