काठमाडाैं- प्रहरीको काम शान्ति सुरक्षा दिनु हाे । प्रहरीले नारा नै दिएको छ–‘मुस्कान सहितको सेवा ।’ नारा जति आकर्षक भएपनि व्यवहार भने सोही अनुरुपको छैन ।
साउन २७ गते आइतवार राति ९ बजेको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु टर्मिनल कक्षमा भएको व्यबहार भने प्रहरीको नारा विपरित थियो । मुस्कान सहितको नारा होइन, नागरिकप्रति दुव्यवहारपूर्ण व्यवहार ।
राती ९ बजेको समयमा एयरपोर्टमा अविरल वर्षा भईरहेको थियो । यात्रुहरु टर्मिनल भवनबाट बाहिर निस्केर गाडीमा हतारिएर बस्ने प्रयास गर्दै थिए । त्यही समयमा ड्युटीमा खटिएका साह थरका एक प्रहरीले देशका एक प्रतिष्ठित उद्यमीमाथि अपमानजनक व्यवहार देखाए ।
यात्रुलाई गाडीमा बस्नै नदिइ ‘यहाँ बाट जा’ भनेर धकेल्दै दुव्यवहार गरे । प्रतिष्ठित व्यवसायीलाई मात्र होइन वैदेशिक रोजगारीमा जाने र विदेशबाट फर्केका नेपालीप्रति पनि प्रहरीले रुखो व्यबहार गर्ने गरेको गुनासो उनीहरुले गर्ने गरेका छन् ।
‘यात्रुको चाप बढेको बेला प्रहरीलाई व्यवस्थापन तनावपूर्ण हुन सक्छ तर त्यस कारण आम नागरिकलाई दुर्व्यवहार गर्नु ज्यादै अशोभनिय कार्य हो’ ती उद्यमीले भने । तर उनले आफ्नो नाम भने उल्लेख गर्न चाहेनन् ।
विमानस्थलको गेटदेखि सुरक्षा जाँचसम्म पुग्दा ड्युटीमा खटिएका प्रहरीका कतिपय जवानहरुले यात्रुप्रति रुखो व्यबहार गर्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।