भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली मैदानमा मात्र हैन बजारमा समेत महंगा भएका छन् । क्रिकेटको तीनै शृंखलाका कप्तान बनेसँगै विराट कोहलीको ब्राण्ड भ्याल्यु २५ प्रतिशतसम्म बढेको छ ।
यो सँगै उनी शाहरुख खानपछि देशको सबैभन्दा महँगा सेलिब्रेटी बन्न सफल भएका छन् । मैदानमा विराट कोहलीको प्रदर्शन लगातार राम्रो भइरहेको छ ।
एक रिपोर्टको दावी के छ भने कोहलीको वर्तमान उपस्थिति यो वर्ष यथास्थितिमा रहेको खण्डमा उनी देशका सवैभन्दा महंगा सेलिब्रेटी बन्नेछन् । उनले शाहरुख खानलाई पछि छोडदिनेछन् ।
यदी यस्तो भएको खण्डमा २२ वर्ष पछि यो पहिलो मौका हुन छ की कुनै क्रिकेटरको ब्राण्ड भ्याल्यू सवैभन्दा महंगो हुने छ ।
यस अघि सचिन तेन्दुल्कर १९९५ मा सवैभन्दा महंगा सेविलब्रेटि थिए । कर्पोरेट फाइनेन्स एडवाइजरी फर्म डफ एण्ड फेल्प्स्ले सेलिब्रेटीको ब्राण्ड भ्याल्यूको रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।
जस अनुसार अक्टोबर २०१६सम्ममा विराटको ब्राण्ड भ्याल्यु ९२ मिलियन डलर (९८८ करोड रुपैया) थियो र शाहरुखको ( १अर्ब ४०८ करोड) थियो ।