प्रविधि र पहुँचको आधारमा विश्वभर उडान यात्राका लागि विमानस्थलहरु विकसित बन्दै गइरहेको छ। हवाइ यात्राका लागि विमानस्थल विकसित भए पनि हवाईजहाज रनवेमा उतार्न निक्कै कठिन हुन्छ।संसारमा यस्तो विमानस्थल छ सजिलै विमान अवतरण गर्न मुस्किल हुन्छ। अलिकति पनि लोकेशन तलमाथि भएमा विमान दुर्घटना हुन सक्छ।ती खतरनाक एयरपोर्टहरु कहाँ कहाँ छन् त ?
१.साबा एयरपोर्ट, नेदरल्याण्डयो एयरपोर्टको धानवमार्ग संसारकै सबैभन्दा छोटो रहेको छ। नेदरल्याण्डदेखि २८ किलोमिटर दक्षिणमा रहेको यो अन्तराष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा सानोको सूचीमा पर्दछ।

यसको कुल लम्बाई ४ सय मीटर रहेको छ । यही कारण विमान अवतरणमा निक्कै चुनौतीपूर्ण मानिएको छ।
२.तोकांति विमानस्थल, होन्डुरसयो विमानस्थलमा सुरक्षित अवतरणको लागि पहाडको बीच भागबाट जानुपर्ने हुन्छ। उक्त विमानस्थल समुद्र सतहदेखि ३ हजार २ सय ९४ फिट माथि घाटीमा अवस्थित छ।

यो विमानस्थलमा हवाई हजाज ओराल्न ४५ डिग्रीको कोणमा ७ हजार फुट तल विमानलाई ल्याउनुपर्छ जुन पाइलटको लागि एकदमै जटिल प्रक्रिया हो। वरिपरी पहाडै पहाडले घेरिएको हुनाले हवाइजहाजलाई पूर्ण रुपले देख्न कठिन हुन्छ। निरन्तर बतास चल्ने भएकाले यहाँ विमान उतार्न पाइलटलाई हम्मे हम्मे हुन्छ।
३.
लागार्डिया विमानस्थल, न्यूयोर्कयो विमानस्थल माथिबाट हेर्न धेरै राम्रो देखिन्छ। यो विमानस्थलको धानवमार्ग करीब ७ हजार फुट लामो छ। तर यसको १९६ फुट हिस्सा पानीमाथि अवस्थित छ।

विमानस्थलको ठाउँलाई नजिकबाट हेरेमा मिडटाउन मैनहट्टनको शहरदेखि ८ माइलको दूरीमा छ। तर यहाँको विमानस्थलमा पनि जहाज सुरक्षित अवतरण गर्न निक्कै गाह्रो हुन्छ।
४.कूर्चेवेल अंतर्राष्ट्रिय विमानस्थल, फ्रान्सयो विमानस्थल मात्र ५ सय २५ मीटर लामो छ। यसको रनवेको ढलान १८.५ प्रतिशत भन्दाकेही बढी छ।यही कारण पाइलटलाई विमान उतार्न निक्कै गाह्रो हुन्छ।
५.वेलिङटन विमानस्थल, न्युजिल्याण्डवेलिङटन विमानस्थल ६ हजार ३ सय ५१ फुट रनवेदेखि सुरु हुन्छ। यपपछि यहाँ पानीको सतह सुरु हुन्छ। वेलिङटन विमानस्थल हेर्नमा जति मज्जा आए पनि यहाँ प्लेन उतार्न निक्कै गाह्रो हुन्छ।
६.कइटक विमानस्थल, हङकङयहाँको विमानस्थल पनि निक्कै खतरनाक मानिन्छ। किनकी प्लेन उतार्नु यहाँ पनि निक्कै चुनौतीपूर्ण मानिन्छ। यो विमानस्थलको नजिकै मानिको ठूलै भीड हुने भएकाले यहाँ विमान उतार्न निक्कै अप्ठ्यारो हुन्छ।
७.लुक्ला विमानस्थल, नेपालनेपालको सोलुखुम्बु जिल्लामा रहेको लुक्ला विमानस्थल तेनजिंग हिलेरीको नामले चिनिने गरिन्छ। यहाँ विमान ओराल्न मौसमले साथ दिनुपर्छ।

यदि मौसमको बारेमा पाइलठटलाई तत्काल जानकारी नभए विमान दुर्घटनामा पर्न सक्छन्। यसकारण यो विमानस्थल निक्कै खतरापूर्ण मानिन्छ।
८.अंटार्कटिका विमानस्थलअंटार्कटिका विमानस्थल विश्वकै सबैभन्दा चिसो विमानस्थल मानिन्छ। यहाँ कुनै पनि पक्की को धावनमार्ऊ छैन। अवतरण गर्ने समयमा यहाँको बरफ लामो चाड रहेको हुन्छ।

विमनसलाई त्यही बरफमा अवरण गराउनुपर्ने हुन्छ। जुन निक्कै चूनौतीपूर्ण मानिन्छ। किनकी यहाँ प्लेन कहिलेकाही चिप्लिने गर्दछ।
९.प्रिन्सेस जूलियन अन्तराष्ट्रिय विमानस्थल, नेदरल्याणडयहाँको विमानस्थल क्यारेबियनको सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ। यो विमनस्थलको लम्बाई ७ हजार १ सय ५० फिट रहेको छ। विमानलाई उडान भर्नको लागि लगभग १० हजार फिटको आवश्यकता पर्दछ।

यो विमानस्थलमा सुरक्षित अवरतणको लागि ८ हजार फुटको आवश्यकता पर्दछ। तर यो विमानस्थल त्यो भन्दा पनि छोटो छ। यसकारणले यहाँ विमान अवतरण गर्न खतरापूर्ण मानिन्छ।
१०.पारो विमानस्थल, भूटानयो विमानस्थल हिमालको खतरनाक ठाउँमा अवस्थित छ। यहाँ करीब ८ जना मात्रै पाइलटले विमान सफलतापूर्वक उडाउन भरिरहेका छन्। समुद्र सतहदेखि करीब डेढ माइला को दूरीमा रहेको यो विमानस्थल १८ हजार उचाइको फिटले घेरिएको छ।

यो विमानस्थलको धानवमार्ग लम्बाई ६ हजार ५ सय फुट मात्रै रहेको छ। पारो हवाई विमनस्थल संसारकै सबैभन्दा खतरनाक मध्येमा पर्दछ। यहाँ विमान अवतरण गर्न निक्कै खतरनाक मानिन्छ।