स्वतन्त्रता दिवसको अवसर पारेर अक्षय कुमार र मौनी रोय अभिनित फिल्म गोल्ड प्रदर्शनमा आएको छ । पहिलो दिन नै २५ करोडभन्दा बढीको व्यापार गरेको यस फिल्मले दर्शक तथा समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
यसै क्रममा मौनीसँग अक्षयसित काम गर्दाको अनुभवबारे सोध्दा उनले केही रोचक खुलासा गरेकी छन् । मौनीले गोल्डबाटै हिन्दी फिल्ममा डेब्यु गरेकी हुन् ।
उनले भनेकी छन् – अक्षय कुनै बेला आफ्नो सीनभन्दा पहिले नै शुटिङस्थलमा आउँथे र आफ्नो आइडिया दिन्थे । उनले आफ्नो को–स्टारलाई निकै मद्दत गर्दा रहेछन् ।
अक्षय आफ्नो फरक जीवनशैलीका कारण पनि चर्चामा छन् । उनी बेलुका छिट्टै सुत्छन् र बिहान चाँडै उठ्छन् ।
उनको नजिकका साथीहरूले भन्ने गरेका छन्– अक्षयलाई बेलुका १० बजेअघि नै सुत्नुपर्छ । त्यसैले उनी रातिका पार्टीहरूमा खासै जँदैनन् ।
यस्तै सल्लाह उनले मौनीलाई पनि दिएका रहेछन् ।
यसबारे उनले भनेकी छन् – उनले मलाई पार्टीमा नजान सल्लाह दिए । समयको हमेशा ख्याल गर्न र शर्तहरू पालना गर्न सिकाए ।
सोही कारण मौनी रातिका पार्टीहरूमा खासै गइनन् ।
मौनीले अहिले रणवीर कपूर र आलिया भट्टको साथमा फिल्म ब्रह्मास्त्रमा काम गरिरहेकी छन् ।