०२ असार २०८३, मंगलबार

जबर्जस्ती युवतीको हात मिलाउँदा तिर्नुपर्‍यो पाँच लाख रुपैयाँ

जबर्जस्ती युवतीको हात मिलाउँदा तिर्नुपर्‍यो पाँच लाख रुपैयाँ

काठमाडौं – स्विडेनमा एक मुसलमान युवतीको अन्तर्वार्ता लिइरहेका व्यक्तिले उनीसँग जबर्जस्ती हात मिलाउने कोशिश गरे । युवतीले अस्वीकार गरेपछि उनलाई जागिर दिइएन । 

पीडित युवतीले उजुरी दिएपछि अदालतले कम्पनीबाट भेदभाव भएको पायो र पाँच लाख रुपैयाँबराबरको जरिवाना तिर्न लगायो । 

युरोपमा मानिसहरूले हात मिलाउने परम्परा छ तर केही मुसलमान महिलाहरू पुरुषसँग हात मिलाउन चाहँदैनन् । यसैले गर्दा कम्पनीहरू तथा सार्वजनिक निकायले भेदभावविरोधी नियम बनाएका छन् । 

अप्साला काउन्टी निवासी फराहले आफ्ना धार्मिक भावनासँग खेलाँची गरिएको सहन नसकी उजुरी गरेको बताइन् । स्विडिश अधिकारीहरूले फराहको मुद्दामा रोजगारदाताले जानीबुझी गलत क्रियाकलाप गरेको बताए । देशमा
कसैको पनि धार्मिक स्वतन्त्रतामाथि खेलाँची गरिन नहुने उनीहरूको धारणा छ । 

कम्पनीका अधिकारीहरूले चाहिँ आफूहरूकहाँ महिला र पुरुष कर्मचारीलाई समान व्यवहार गरिने गरेको तर्क दिए । यसो हुँदा महिलाले पुरुष कर्मचारीसँग हात मिलाउन अस्वीकार गर्न नहुने उनीहरू बताउँछन् । 

त्यसमा अदालतले महिला र पुरुषको समानताका लागि हात मिलाउनु मात्र मापदण्ड नभएको बतायो । युरोपको मानवअधिकार कानूनले हरेक नागरिकलाई धार्मिक स्वतन्त्रता दिएको अदालतले जिकिर लियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्