
रसुवा – वर्षापछि शुक्रवार पहिरो खस्दा पासाङ ल्हामु राजमार्गको रसुवा सडकखण्ड अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन ।
आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिए । सडक खुलाउन सयम लाग्ने उनले बताए । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् ।
सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए । सडक अवरुद्ध हुँदा कैलाशमानसरोवर जाने भारतीय तीर्थालु र नेपाल घुम्न आएका चिनियाँ पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन् ।