०४ असार २०८३, बिहीबार

२८ वर्षअघि ब्याडमिन्टन खेल्दा हराएकी थिइन् कन्ट्याक्ट लेन्स, अहिले आएर भेटियो !

२८ वर्षअघि ब्याडमिन्टन खेल्दा हराएकी थिइन् कन्ट्याक्ट लेन्स, अहिले आएर भेटियो !

काठमाडौं – बेलायतकी ४२ वर्षीया एक महिलालाई देब्रे आँखामा ६ महिनादेखि पीडा थियो । उनले अनेकचोटि चिकित्सकलाई देखाउँदा पनि केही भएन । 

हालै चिकित्सकहरूले उनको एमआरआई गर्दा पो आँखाको ढकनीमा शीशा फसेको थाहा पाए । त्यो खासमा कन्ट्याक्ट लेन्सको टुक्रा थियो । 

महिलाले भनेअनुसार, पहिला त उनले ढकनीमा शीशा कसरी फस्यो भन्ने नै चाल पाइनन् । पछि पो उनलाई याद आयो, दृष्टि कमजोर भएका कारण १४ वर्षको उमेरमा उनी कन्ट्याक्ट लेन्स लगाउँथिन् । 

एक दिन ब्याडमिन्टन खेल्दै गर्दा उनको आँखामा ¥याकेट ठोक्कियो र एउटा कन्ट्याक्ट लेन्स हरायो । पछि आँखामा लगातार पीडा भएपछि उनले लेन्स लगाउनै छोडिन् । 

महिलाका अनुसार, ६ महिनाअघि उनको देब्रे आँखामा पीडा हुन थाल्यो र सुन्नियो । अनि एमआरआई गर्दा लेन्स देखियो । लेन्स निकाल्नलाई अपरेसन हुने भएको छ ।

चिकित्सकहरूले यत्तिका दिनपछि बल्ल आएर पीडा हुनु आश्चर्यको कुरा भएको र यो आफैंमा अनौठो केस भएको बताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्