
काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाका प्रेमी निक जोनास आफ्ना मातापिताका साथ भारत पुगेका छन् ।
बिहीवार बेलुका उनी मुम्बई विमानस्थलमा आमाबुवाका साथ देखिए । बिहेअघिको रीतिरिवाज पूरा गर्नका लागि प्रियंका आफ्नो परिवारसँग निकको परिवारलाई भेटाउन चाहन्छिन् । त्यही सिलसिलामा निकको परिवार भारत आएको हो ।
पारिवारिक भेटघाटपछि प्रियंकाले टीकाटालोको पार्टी दिने अनुमान गरिएको छ । प्रियंका र निकको परिवारले पहिलोपटक भेटघाट गर्न लागेका हुन् ।
हालै प्रियंका फेशन डिजाइनर मनीष मल्होत्राको पार्टीमा गएकी थिइन् । त्यतिखेर उनले लगाएको औंठी चर्चाको विषय बनेको थियो । यो नै प्रियंकाको टीकाटालोको औंठी भएको बताइँदैछ ।
हीराको यो औंठीको मूल्य लगभग दुई करोड ३० लाख भएको बताइएको छ । डब्ल्यू पी डायमन्ड्सका अध्यक्ष एन्ड्रु ब्राउनले यो खुलासा गरेको समाचार आएको छ ।
प्रियंकाले जुलाई १८ मा ३६औं जन्मदिन मनाउने क्रममा लन्डनमा टीकाटालो गरेको खबरहरू आएका थिए ।
एजेन्सी