१३ असार २०८३, शनिबार

असई थमन बिक हत्या प्रकरण : अदालतमा उपस्थित भएका अभियुक्त कारागार चलान

असई थमन बिक हत्या प्रकरण : अदालतमा उपस्थित भएका अभियुक्त कारागार चलान

महाेत्तरी– मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्याको अभियोग लागेका जलेश्वर नगरपालिका १७ का ४५ वर्षीय पवन कापडलाई जिल्ला अदालत महोत्तरीले पूर्पक्षका लागि करागार चलान गरेकाे छ।

यस अघि सोहि मुद्दामा प्रदेश २ का समाजिक विकास राज्य मन्त्रि अभिराम शर्मालाई सोमवार र जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेलाई मंगलवार महोत्तरी जिल्ला अदालतले वयान र थुनछेक वहसपछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

मन्त्री, मेयर र राजपा महासचिवलाई साधारण तारेखमा छाडिएको दुई दिनपछि महोत्तरी जिल्ला अदालतमा हाजिर गराई बयान गरि गराई पाउँ भन्ने निवेदन साथ आफ्ना कानून व्यावसायीमाफर्त कापड विहीवार अदालतमा हाजिर भएका थिए । 

जिल्ला अदालतका मूख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा भएको थुनछेक वहसमा वारदातमा प्रत्यक्ष संलग्नता देखिएकोले पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाउने आदेश भएको जिल्ला अदालत महोत्तरीका श्रेष्तेदार रामानन्द अधिकारीले जानकारी दिए । उनलाई जलेश्वर कारागार पठाइएकोे छ ।  

उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्याको आरोपमा फरार रहेकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारि गरेपछि समाजिक विकासमन्त्रि अभिराम शर्मा, जलेश्वर नगरपालिकाको मेयर रामशंकर मिश्र, राजपा महासचिव सुरेश पाण्डे र पवन कापड क्रमिकरुपमा अदालतमा हाजिर भएका थिए ।

असई विकको हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये २१ जना अभियुक्त प्रहरीको फरार सूचीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्