०४ असार २०८३, बिहीबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

रुकुम-रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको छ भने सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ । बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा १ त ३१०६ नं को ट्याक्टर करीब एक हजार मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्