०१ असार २०८३, सोमबार

नेकपाकाे असहमतिले निर्वाचन सर्‍यो

भदौ २, २०७५
नेकपाकाे असहमतिले निर्वाचन सर्‍यो

काठमाडौं ।प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचनका लागि सत्तापक्षले नै नाम टुंगो लगाउन नसक्दा निर्वाचनको मिति सरेको छ । 
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन १७ भदौमा हुने जानकारी गराएका हुन् ।  विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको सभामुख महराले जानकारी गराए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले समितिका सभापति हुने व्यक्तिहरूको नाम टुंग्याउन नसकेपछि निर्वाचन मिति सारिएको हो । 
संसद्को कार्य व्यवस्था समितिको बैठकमा समितिको निर्वाचन सार्ने विषयमा सत्तारुढ र विपक्षी दुवै पक्ष सहमत भएका हुन् । यसअघि ५ भदौ समितिको नेतृत्व चयन गर्ने मिति महराले नै तोकेका थिए । दलहरूकै परामर्शमा मिति तोकिएको तर उनीहरूले नै समय मागेपछि १७ गतेलाई सार्ने सहमति भएको सचिवालयले जनाएको छ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्