
भारतको नोएडा प्रहरीले कैयन राज्य प्रहरीका टाउको दुखाइको विषय बनिसकेका एक कथित 'दुलाहा' उसकी कथित बहिनीलाई गिरफ्तार गरेको छ ।
उनीहरू विवाहसम्बन्धी वेबसाइटबान नम्बर लिएर युवतीहरूलाई बेवकुफ बनाएर ठग्ने कार्यमा क्रियाशील थिए । यसक्रममा उनीहरूले एक करोडभन्दा बढी रुपैयाँ ठगिसकेको प्रहरीले जनाएको छ ।
आरोपीले आफू एक न्यूज च्यानलको डाइरेक्टर रहेको र मासिक २० लाख रुपैयाँ तलब रहेको भन्ने गरेको थियो । उसकी बहिनीको भूमिकामा देखिने अर्की युवतीले आफूलाई क्यान्सरको बिरामी भन्थिन् र युवतीहरूलाई विवाहका लागि तयार पार्थिन् ।
यसक्रममा उनीहरूले नोयडाकै एक नर्ससँग ४० लाख रुपैयाँ ठगेका थिए ।
एसएसपी अजयपाल शर्माका अनुसार आरोपीले नोयडामा दिल्लीकी एक नर्ससँग विवाह गरे । हनिमूनको नाममा १० दिनसम्म कश्मीरमा घुमाए ।
त्यसपछि पीडित युवतीको आमालाई रिटायरमेन्टमा प्राप्त १० लाख लिएर फरार भए ।
ठगिएको थाहा पाएपछि पीडित युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।
एक राजयमा एउटी युवतीलाई ठगेपछि उनीहरूले अर्को राज्यमा पुगेर अर्की युवतीलाई फसाउने गरेका थिए ।