०२ असार २०८३, मंगलबार

फुच्चे ट्रम्पका फोटाहरू भइरहेछन् भाइरल

कात्तिक २०, २०७४
फुच्चे ट्रम्पका फोटाहरू भइरहेछन् भाइरल
काठमाडौं, ८ फागुन — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरोधीहरूले उनलाई फुच्चे देखाइएका तस्वीर इन्टरनेटमा भाइरल बनाएका छन् ।


ट्रम्पको मोटोपना र उनका हातका बारेमा टिप्पणी गर्दा उनी चिढिएको थाहा पाएका विरोधीहरूले अहिले उनको साइज घटाइएको फोटो व्यापक बनाएका हुन् ।

ट्रम्पको उँचाइ ६ फीट दुई इन्च छ र उनी अन्य विश्वनेताका तुलनामा अग्ला छन् । तर उनको तस्वीरलाई छेडखानी गरेर रेड्डिट प्रयोगकर्ताहरूले उनको प्रतिक्रिया निकाल्ने कोशिश गरेका छन् ।

ट्रम्पका आधिकारिक फोटा, पत्रिकाका पहिलो पृष्ठ र हालैका समाचारमा आएका फोटालाई छेडखानी गरेर भाइरल बनाइएको छ ।

अरू नेता तथा विभिन्न ठाउँमा ट्रम्पलाई साह्रै सानो देखाइएको छ ।

यो व्यंग्यमाथि ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् ।

हेरौं केही रमाइला तस्वीर :














बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्