
काठमाडौं –पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पाकिस्तानी क्रिकेट टीमका पूर्वकप्तान समेत रहेका खानले इस्लामावादस्थित राष्ट्रपति भवन पुगेर राष्ट्रपति ममुन हुसेनसँग शपथ लिएका हुन् ।
हालै सम्पन्न निर्वाचनमा खानको पार्टी तहरिक-ए-इन्साफ सबैभन्दा ठूलो पार्टी बनेको थियो । यद्यपि बहुमत भने प्राप्त भएको थिएन ।
उनले गठबन्धन सरकारको नेतृत्व गरेका हुन् । खान पाकिस्तानका २२औं प्रधानमन्त्री हुन् ।