०७ असार २०८३, आइतबार

बान्ता गरेको अवस्थामा कोठामै मृत फेला परे शिक्षक

बान्ता गरेको अवस्थामा कोठामै मृत फेला परे शिक्षक

खोटाङ– दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई आज आफ्नै कोठामा मृत फेला परेका छन् । 

बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । उनी  बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । मृत्युको कारण खुल्न नसकेको पनि उनले बताए । 

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक भट्टराईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । उनको आफन्त आएपछि मात्र शवपरीक्षण हुने प्रहरीले जनाइएको छ । 
 

कमेन्ट गर्नुहोस्