१० साउन २०८३, आइतबार

मेस्सी र कोन्टिन्होको गोलसँगै बार्सिलोनाको विजयी शुरुवात

मेस्सी र कोन्टिन्होको गोलसँगै बार्सिलोनाको विजयी शुरुवात

काठमाडौं– घरेलु मैदानमा बार्सिलोनाले सुखद शुरुवात गरेको छ । ला लिगाको नयाँ सिजनको पहिलो खेलमा एलाभेसलाई ३–० ले हराउँदै बार्सिलोनाले सुखद शुरुवात गरेको हो ।

बार्सिलोनाले पहिलो हाफमा निकै संघर्ष गर्नु परे पनि दोस्रो हाफमा एलाभेसको रक्षापंक्तिलाई चिर्दै जित निकाल्यो । शनिबार राति भएको खेलमा क्लबको कप्तान बनेपछिको पहिलो ला लिगा खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले दुई गोल गरे । यस्तै फिलिप कोन्टिन्होले एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो । ६४ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाए ।

कोन्टिन्होले ८३ औँ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे । मेस्सीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो । 

ला लिगामा राति नै भएका अरु खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हरायो भने सेल्टा डी भिगो र स्पानियोलले १–१ को बराबरी खेले ।
 

salt training

कमेन्ट गर्नुहोस्