
विराटनगर - प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्य बराबरका सवारीसाधन खरिद गर्ने भएको छ । प्रदेश मुख्यमन्त्रीका लागि २ करोडको गाडी किन्ने योजना छ ।
स्थानीय तहलाई ७० वटा एम्बुलेन्स र केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै गाडी खरिदमा बजेट व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षमा अन्तिम समयमा पेस्की बजेट ल्याएका कारण अधिकांश मन्त्रालयले सवारीसाधन खरिद गरेका थिएनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६५ लाख रुपैयाँसम्मको सवारी खरिदका लागि बोलपत्र आह्वान गरेको थियो तर टेन्डर नै परेन । यो वर्ष भने मुख्यमन्त्री चढ्ने सवारीसाधन किन्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।