२३ असार २०८३, मंगलबार

लमजुङ कलाकार संघको साधारणसभा सम्पन्न, अध्यक्षमा कुँवर

कात्तिक २०, २०७४
लमजुङ कलाकार संघको साधारणसभा सम्पन्न, अध्यक्षमा कुँवर
लोकान्तर संवाददाता
काठमाडौं, ८ फागुन –लमजुङ कलाकार संघले संस्थाको पहिलो साधारणसभा सम्पन्न गरेको छ । शनिवार राजधानीमा आयोजित साधारणसभाले सुवास कुँवरलाई अध्यक्षमा चयन गरेको छ ।
गायक तथा कलाकार कृष्ण गुरुङले संघलाई कला क्षेत्रमा सक्रिय भएर लाग्न सुझाब दिए । अतिथि रबिन्द्र थापा, प्रदिप न्यौपाने, मोहन श्रेष्ठ लगायतले लमजुङका नयाँ प्रतिभाको खोजी गरी संघलाई कलाकारको साझा थलोको रुपमा बिकास गर्न सुझाब दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले, लमजुङ कलाकार संघले कला, साहित्य, संगीत, मनोरञ्जन लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउन भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरे ।

कार्यक्रममा संघका सचिब किरण वरालले पेस गरेको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष अञ्जना पौडेलले पेस गरेको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित गरिएको थियो ।

साधारणसभाले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा किरण वराल र प्रिया श्रेष्ठ, सचिवमा अन्जना पौडेल र सहसचिवमा आश्रम गुरुङ छन् । त्यस्तै, कोषाध्यक्षमा डेनि रेग्मी र सहकोषाध्यक्षमा शिवराज गौतम छन् । सदस्यहरुमा बिपिन मर्म, प्रकास बि।क, अप्सरा कसी स्मृति, शान्ती सुनार, निता गुरुङ, टिका गुरुङ, कृष्ण थापा, सम्झना भण्डारी, सुरेष सिन्चुरी घमाल र रमेश परियार चयन भएका छन् ।

सर्वसम्मत चयन भएको कार्यसमितिको कार्यावधि २ वर्ष रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्