१५ असार २०८३, सोमबार

१७९औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी

भदौ ३, २०७५
१७९औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी

काठमाडौं –१७९औं विश्व फोटोग्राफि दिवसको अवसरमा आइतबार राष्ट्रिय फोटोग्राफर समूह (एनएफपीजे)ले प्रभातफेरी गरेको छ । 

प्रभातफेरी पुतली सडकबाट शुरु भएको प्रभातफेरी बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै पुनः पुतली सडकमा पुगेर सम्पन्न भएको थियो ।

इतिहासमा आजकै दिनदेखि विश्वभर सर्वसुलभ रूपमा फोटोग्राफी शुरू भएको अवसर फोटोग्राफी दिवस मनाइएको हो ।

र्‍यालीपश्चात ‘राष्ट्रिय फोटोग्राफर समूहको भोलिको गन्तव्य’ विषयक अन्तरक्रिया पनि गरिएको थियो ।

अन्तरक्रियामा राष्ट्रिय फोटोग्राफर समूहका पूर्वअध्यक्षद्वय कविन्दमान शाक्य, राजभाइ सुवाल, अध्यक्ष चन्द्र राई, कार्यक्रम संयोजक प्रदीपराज वन्त लगायतले विश्व फोटोग्राफी दिवसको शुभकामना सँगै विद्यमान चुनौती र समस्याका विषयमा आफ्नो धारण व्यक्त गरेका थिए । 

हेर्नुहोस्, केही फोटो :


 

salt training

कमेन्ट गर्नुहोस्