२२ असार २०८३, सोमबार

प्रियंका चोपडाले यसरी मनाइन् टीकाटालोको खुशी (भिडियो)

प्रियंका चोपडाले यसरी मनाइन् टीकाटालोको खुशी (भिडियो)

काठमाडौं – प्रियंका चोपडा र निक जोनसको टीकाटालोको खबर लामो समयदेखि चर्चामा रहेको छ । अहिले आएर उनीहरूले आधिकारिक रूपमा आफ्नो सम्बन्ध स्वीकारेका छन् । 

सामाजिक सञ्जालमा उनीहरूले खुलेर आफ्नो प्रेम अभिव्यक्त गरेका छन् । शनिवार राति उनीहरूले टीकाटालोको पार्टी पनि दिए । 

पार्टीमा प्रियंका र निक दुवैको पहिरन लोभलाग्दो थियो । पार्टीका तस्वीरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् । उनका प्रशंसकहरूले उनीहरूलाई बधाई दिइरहेका छन् । 

टीकाटालोमा प्रियंका र निकका परिवारका निकट सदस्यहरू संलग्न थिए । त्यसपिछि साँझ प्रियंकाले निकटका साथी र परिवारलाई भव्य पार्टी दिइन् । पार्टीमा बलिउडका अनेकौं हस्तीहरू आएका थिए ।

हेर्नुस् भिडियो

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्