काठमाडौं – सानो पर्दामा कमेडियनका रूपमा लोकप्रियता हासिल गरिसकेका कपिल शर्माले फिल्म निर्माणमा कदम राखेका छन् । उनी फिल्म ‘सन अफ मञ्जीत सिंह’ लिएर आउँदैछन् ।
यो फिल्म उनी सुमित सिंहसँग मिलेर निर्माण गरेका हुन् । फिल्मका निर्देशक विक्रम ग्रोभर हुन् । कपिलले ट्वीट गर्दै यसको फर्स्ट लूक छिट्टै आउन लागेको जानकारी दिए ।
कपिल लामो समयदेखि लाइमलाइट बाहिर छन् । उनी बिरामी भएकाले विदेशमा उपचार गराइरहेको बताइएको छ ।
सामाजिक सञ्जालमा यदाकदा उनका तस्वीरहरू आइरहेको भएपनि उनी डिप्रेसनमा परेको जस्तो देखिन्थ्यो र तौल पनि बढेको देखिन्थ्यो । अहिले उनी फिट देखिन तथा लूक्स सुधार्न लागेका छन् ।
कपिलको जीवनीमा फिल्म बन्ने चर्चा पनि चलेको छ । निर्देशक विनोद तिवारी उनलाई लीड एक्टरका रूपमा लिन चाहन्छन् । तर कपिलले यसमा इच्छा नदेखाएको बताइएको छ ।
एजेन्सी