१४ असार २०८३, आइतबार

सात वर्षका बच्चाले गरे आफ्नी आमासँग बिहे, कारण छ भावुक (भिडियो)

सात वर्षका बच्चाले गरे आफ्नी आमासँग बिहे, कारण छ भावुक (भिडियो)

काठमाडौं – आमाबुवा आफ्नो सन्तानको सबै सपना पूरा गर्छन् । लन्डनमा बस्ने सात वर्षीय लोगनले पनि आमासँग बिहे गर्ने सपना देखेपछि त्यो सपना पूरा भएको छ ।

आमा जोलिएनले छोरोको यो इच्छा पूरा गरिन् र उनको पूरा परिवारले यसमा साथ दियो । यसमा एक अत्यन्त भावुक कारण छ । 

लोगनलाई जेनेटिक डिसअर्डर ल्युकोडिस्ट्रोफी नामक खतरनाक रोग लागेको छ र उनी बाँच्ने दिन कमै मात्र छ । लोगनको बालमनले मर्नुअघि आमासँग बिहे गर्न खोज्यो । लोगन आफूलाई राजकुमार र आफ्नी आमालाई राजकुमारीका रूपमा हेर्न चाहन्थे । 

छोरोको इच्छा पूरा गर्न लोगनका मातापिताले फेयरीटेल वेडिङ आयोजना गरे । आमा जोलिएन राजकुमारी बनिन् अनि लागन राजा बने । 

बिहे ब्युटी एन्ड द बीस्ट थिममा थियो । नक्कली बिहे भएपनि पूरै परिवार, नातेदार र साथीहरूलाई बोलाइएको थियो । बिहेमा वचनको साटो आमाले छोरोको सुरक्षा गर्ने र सधैं साथ बस्ने वाचा गरिन् ।

लोगनकी आमा जोलिएनका लागि यो क्षण भावुकतापूर्ण थियो । अनौठो बिहेमा आएका सबै पाहुनाको आँखामा आँसु थियो । 

जोलिएनले भनिन्, ‘मेरा लागि यो भावुक पल हो । साथी र परिवारको सहयोग पाएर म अभिभूत भएको छु । हामीले सँगालेको यो यादलाई सधैं जोगाएर राख्नेछु ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्