
काठमाडौं– सर्वोच्च अदालतले कामिनी राजभण्डारीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गत मंगलवारको मन्त्रिपरिषद बैठकले कामिनीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो । कामिनीले मन्त्रिपरिषदको निर्णयविरुद्ध भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
आफूलाई गलत मनसाय राख्दै पदबाट हटाइएको भन्दै सर्वोच्च पुगेकी कामिनीको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराको अाइतवारकाे इजलाशले कामिनीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यद्यपि अदालतले उनलाई पदबाट हटाउनको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकृत गरेसँगै नेपाल टेलिकममा फर्किने कामिनी राजभण्डारीको आस सकिएको छ ।