२५ असार २०८३, बिहीबार

भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित काठमाडौंबाट पक्राउ

भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित काठमाडौंबाट पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । 

विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१ वर्षीय बलबहादुर पुन छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको साथबाट चेकजाँचका क्रममा २० राउन्ड गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले लोकान्तरलाई बताए । 

पक्राउ परेका पुन भारतीय सेनाका कर्णेल भएको खुलेको छ । 

गोलीसहित पक्राउ परेका लामालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्