
काठमाडौं – बेलायतकी एक डिभोर्सी महिला लामो समयदेखि धनी प्रेमीको खोजीमा थिइन् । प्रेमी खोज्न उनले एक प्रख्यात डेटिङ कम्पनीको महंगो सदस्यता लिइन् ।
लामो समयपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले उच्च अदालतमा मुद्दा हालेर जरिवानाको माग गरिन् । अदालतले एजेन्सी ठगीमा संलग्न रहेको र सही जानकारी नदिएकोमा दोषी पायो र त्यसमाथि २३ लाख रुपैयाँको जरिवाना लगायो ।
चेल्सीमा बस्ने टेरिजा बुर्की तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिजस्थित डेटिङ कम्पनी सेभेन्टी थर्टीको प्रिमियममा सदस्यता लिइन् । उनले १६ लाख रुपैयाँ कम्पनीलाई तिरिन् ।
टेरिजाले धनी र विदेशयात्रा गर्न मन पराउने व्यक्तिलाई पार्टनर खोज्न लगाइन् । अनि चौथो बच्चा नयाँ पतिसँग मिलेर जन्माउने इच्छा व्यक्त गरिन् ।
डेटिङ एजेन्सीका व्यवस्थापकीय निर्देशक लेमेर्स टमसले आफ्नो वेबसाइटमा असीमित जोडीमिलान र टन्नै पुरुष सक्रिय भएको वाचा गरेका थिए । तर वास्तविकता त्यस्तो थिएन ।
टेरिजाका अनुसार, वेबसाइटमा जम्मा १०० प्रोफाइल थिए र तिनीहरू डिमान्डमा खरो उत्रिएनन् ।
न्यायाधीशले महिलालाई एजेन्सीले भ्रामक जानकारी दिएको बताए अनि सदस्यता शुल्कका साथै जरिवाना पनि तिर्न लगाए ।
एजेन्सी