१४ असार २०८३, आइतबार

पादरीहरूले नर्कको डर देखाएर हजारभन्दा बढी बालबालिकाको गरे बलात्कार

पादरीहरूले नर्कको डर देखाएर हजारभन्दा बढी बालबालिकाको गरे बलात्कार

काठमाडौं – अमेरिकाको पेन्सिल्भेनियामा रोमन क्याथोलिक पादरीहरूले नर्कको डर देखाएर एक हजारभन्दा बढी बालबालिकालाई यौन शोषण र बलात्कार गरेको खबर सार्वजनिक भएको छ । देशका शीर्ष अभियोजकले धर्मलाई हतियारका रूपमा उपयोग गरिएको बताएको छ । 

ग्रान्ड जुरीले गरेको अनुसन्धानमा पेन्सिल्भेनियामा पादरीहरूले बालबालिकाको धार्मिक विश्वास र चर्चप्रतिको विश्वासको दुरुपयोग गरेर यौन शोषणको अपराधपछि चुप रहन लगाए । पादरीहरूले शोषण गरेका व्यक्तिले स्तब्ध बनाउने घटनाको उल्लेख गरेका छन् । 

रिपोर्टमा उल्लेख भएअनुसार, एक पादरीले पीडितलाई प्रार्थना अवस्थामा डोरीले बाँधे । उनीसँग यौन सम्बन्ध राख्न अस्वीकार गरेपछि पादरीले क्रुसिफिक्स लट्ठी प्रयोग गरेर यौन शोषण गरे । 

अर्को पीडितले बताएअनुसार, पादरीले धातुको डण्डाले उनलाई पिटे । अर्का पीडितले चाहिँ आफूलाई चार पादरीहरूले जिससको मुद्रामा नांगै उभ्याएर तस्वीर खिचेको बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्