२८ असार २०८३, आइतबार

सरकारी अनुगमनकर्तालाई थुन्ने तरकारी व्यवसायीका नेता पक्राउ

सरकारी अनुगमनकर्तालाई थुन्ने तरकारी व्यवसायीका नेता पक्राउ
फाइल तस्बिर

काठमाडौं– अनुगमनमा निस्किएको सरकारी टोलीलाई थुनेर राख्ने काठमाडौंको कालिमाटीस्थित तरकारी व्यवसायीका नेतालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको हो । 

सोमवार विहान कालिमाटी तरकारी बजारको अनुगमनका निस्किएको सरकारी टोलीलाई नियन्त्रणमा लिएको अभियोगमा खतिवडा पक्राउ परेका हुन् । 

सरकारी टोलीलाई नियन्त्रणमा लिने अन्य व्यक्तिको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए । 

सोमवार विहान आपूर्ति, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गएको टोलीलाई तरकारी व्यापारीले नियन्त्रणमा लिएका थिए । 

तरकारी बजारको अनुगमन गर्ने क्रममा सरकारी टोलीले दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको थियो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली सोमबार बिहान ३ बजे अनुगमनका लागि पुगेको थियो । टोलीलाई प्रहरीले ‘स्कर्टिङ’ गरेर बजारबाट बाहिर निकालेको थियो । 

अनुगमन टोलीलाई व्यवसायीले नियन्त्रणमा लिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालिमाटी पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्