काठमाडौँ, ८ फागुन - निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)को नयाँ नेतृत्वका लागि दुई समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सोमबारदेखि सुरु हुने १३ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि टिकाराम पुरी र विजय सम्बाहाम्फे प्रतिस्पर्धामा उत्रनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा आज पुरी समूहले उम्मेदवारी घोषणा गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा पुरीसहित वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्यको उम्मेदवारी घोषणा गरिएको छ । सो अवसरमा अध्यक्षका प्रत्यासी पुरीले प्याब्सनलाई समृद्ध बनाउँदै नयाँ आयाम दिनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
यसैगरी, सम्बाहाम्फे समूहले आइतबार उम्मेदवारी घोषणा गरिसकेको छ । सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ र महासचिवमा राजेन्द्र बानियाँ रहनु भएको छ । प्याब्सनको दुईवर्षे नयाँ नेतृत्वका लागि सोमबारदेखि काठमाडाँैमा महाधिवेशन हुदैछ ।
महाधिवेशनमा देशभरिका एक हजार ८५० प्रतिनिधि सहभागी हँुदैछन् । प्याब्सन निजी विद्यालयको छाता सङ्गठन हो । रासस