०१ साउन २०८३, शुक्रबार

इद मनाउने क्रममा मुस्लिम समूदायबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

इद मनाउने क्रममा मुस्लिम समूदायबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

महोत्तरी– महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप भएको छ । 

प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए । 

दुई समूहबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ । 

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । अहिले नमाज पढ्ने क्रम चलिरहेकाले नमाज सकिएपछि झडप हुने सक्ने भन्दै प्रहरी परिचालन ब्यापक बनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्