०३ असार २०८३, बुधबार

‘सधैं अफिस आउनुअघि पत्नीको गोडा मिच्नुपर्छ’

‘सधैं अफिस आउनुअघि पत्नीको गोडा मिच्नुपर्छ’

काठमाडौं – भारतको उत्तर प्रदेशमा रहेको चित्रकूट वाणिज्य कर कार्यालयमा काम गर्ने टाइपिस्ट अशोक कुमार सधैं कार्यालय ढिलो आउने गर्छन् । यसरी लगातार ढिलाइ गर्न थालेपछि भदौ २ गते असिस्टेन्ट कमिस्नर एमएस वर्माले उनीसँग स्पष्टीकरण मागे ।

अनि स्पष्टीकरण नदिएमा कारवाही गरिने पनि चेतावनी दिइएको थियो । त्यसपछि अशोकले एक पत्र लेखे जसको बेहोरा अहिले खुबै चर्चामा छ । 

उनले स्पष्टीकरणमा लेखे, ‘साहब, कार्यालय आउनुअघि मैले दिनदिनै पत्नीको गोडा मिच्नुपर्छ । सबैका लागि खाना मैले नै बनाउनुपर्छ । सबैको कपडा पनि मै धुन्छु । बच्चाहरूलाई तयार पारेर विद्यालय म नै पठाउँछु ।’

उनले थप लेखे, ‘पत्नी बिरामी छिन् । तीन छोराछोरी छन् । तीनैका लागि खाजा तयार पारेर विद्यालय पठाउनुपर्छ । पत्नीलाई नुहाइवरी गोडा मिच्ने गरेको छु । खाना पकाएर खुवाउनुपर्छ । रोटी राम्ररी बनाउन जान्दिनँ । कहिले दाल,
कहिले खिचडी खाएर पेट भर्छु । सडक पनि खराब छ, जहिल्यै जाम हुन्छ । तर अबदेखि ढिलो गर्दिनँ ।’

अशोकको स्पष्टीकरण सुनेर असिस्टेन्ट कमिस्नर पनि छक्क परे । उनले अबदेखि ढिलाइ नगर्नू भनी अशोकलाई चेतावनी दिइएको बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्