०२ असार २०८३, मंगलबार

यी विद्यार्थी यसरी रातारात बने अर्बपति

यी विद्यार्थी यसरी रातारात बने अर्बपति

काठमाडौं – बेलायतको लन्डनमा पीएचडी गरिरहेका एक विद्यार्थी ह्यारी डेस्टेक्रो रातारात अर्बपति बनेका छन् । 

उनको बायोटेक फर्म जीइलोलाई डेनमार्कको कम्पनी नोभो नोरडिस्कले ६२३ मिलियन पाउन्ड (लगभग नौ हजार करोड) रुपैयाँमा किनेको छ । 

फर्मलाई सन् २०१४ मा ह्यारी, उनका प्राध्यापक एन्थोनी डेभिस र एक व्यापारीले मिलेर शुरू गरेका थिए । 

ब्रिस्टोल विश्वविद्यालयले यो सम्झौताबाट मधुमेहको उपचारमा सहयोग पुग्ने बताएको छ । नोभो नोरडिस्कले नै संसारको पहिलो इन्सुलिन इन्जेक्सन बनाएको थियो । 

जीइलोका निर्देशकहरूले आफ्नो फर्म मधुमेहको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

अहिले संसारभरि ३८ करोड मधुमेहका रोगी छन् । टाइप २ इन्सुलिनमा इन्जेक्सन लिनुपर्ने हुन्छ जसले गर्दा रगतमा ग्लुकोजको स्तर नियन्त्रणमा रहन्छ । 

जीइलोले विकसित गरेको प्रविधिले अचानक चिनीको स्तर घटाउन सहायता गर्नेछ । कम्पनीले ग्लुकोज रेस्पोन्सिभ इन्सुलिन तयार पारेको छ र त्यसलाई लिँदा शरीरमा चिनीको स्तर सन्तुलनमा रहन्छ । ब्लड सुगर कम हुनुलाई
हाइपोग्लासिमिया भनिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्