१४ असार २०८३, आइतबार

दुर्घटनाका घाइते यसरी बने अस्पतालमा बन्दी

दुर्घटनाका घाइते यसरी बने अस्पतालमा बन्दी

काठमाडौं–ग्राण्डी अस्पतालको १७ लाख बिल तिर्न नसक्दा चितवनको राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं  अस्पतालमै बन्दी बनेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।  उनी ११ जेठमा मोटरसाइकल दुर्घटनामा परेका थिए । 

दुर्घटनाका दोषी यातायात समितिले रकम भुक्तानीमा आलटाल गर्दा यो  समस्या देखिएको हो । तर सिन्डिकेट अन्त्यको घोषणा गर्ने सरकार यसबारे मौन देखिन्छ । 

उनीमात्रै होइन साढे १६ लाख तिर्न नसकेपछि २९ असारमा काठमाडौंको लैनचौरस्थित मल्ल होटेलअगाडि भएको दुर्घटनामा घाइते बनेकी काभ्रेस्थलीकी सीता ढकालको अवस्था पनि उस्तै छ । ढकाल चढेको स्कुटरलाई यात्रुबाहक बसले ठक्कर दिएको थियो । केहि पहिले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका दीपेन्द्र श्रेष्ठले पनि बन्दी बन्नु परेको थियो । 

ग्रान्डी अस्पतालका सहायक प्रबन्धक उज्ज्वल रेग्मीले  कतै न कतैबाट उपचार खर्च पाउनुपर्ने बताए । उपचार खर्च  समिति र  सरकार सरकार कसैले पनि नदिँदा समस्या भएको उनले बताए । 

ग्राण्डीमा मात्रै होइन अन्त्य नीजि अस्पतालमा पनि दुर्घटनाका घाइतेको अवस्था उस्तै छ । 

salt training

कमेन्ट गर्नुहोस्