०६ असार २०८३, शनिबार

जफत गरिएका सामाग्रीको ढुवानी खर्च पनि सम्बन्धीत व्यक्तिबाटै असुल गरिने

जफत गरिएका सामाग्रीको ढुवानी खर्च पनि सम्बन्धीत व्यक्तिबाटै असुल गरिने

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामाग्री तत्काल हटाउन भनेको छ । सडकमा राखिएका त्यस्ता सामाग्रीले सवारी आवागमन प्रभावित भएको, यात्रुले असुविधा खेप्न बाध्य भएको र वातावरणसमेत प्रदूषण भएको भन्दै महानगरपालिकाले सडकमा राखिएका निर्माण सामाग्री हटाउन भनेको हो । 

महानगरपालिलाको आग्रहलाई वेवास्ता गरी सडकमै राखिएको पाइएमा त्यस्ता सामाग्री महानगरपालिकाले जफत गर्ने र जफत गर्ने क्रममा लाग्ने ढुवानी खर्च सम्बन्धी व्यक्तिबाटै असुल गरिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्