०४ असार २०८३, बिहीबार

फेसबुकमा अश्लिल भाषामा गालीगलौज गर्ने पत्रकार निलम्बित

फेसबुकमा अश्लिल भाषामा गालीगलौज गर्ने पत्रकार निलम्बित

नेपालगञ्ज- नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । 

महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिश गरेको थियो । 

यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक करा लेखेकोमा सदस्यताबाट निलम्बन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्